Sunday , August 20 2017

“तिमीलाई भन्छु” गीतको भिडियो सार्वजनिक

गायक नबिन के भट्टराईले तिमिलाई भन्छु बोल को गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आफ्नो यु टुब च्याँनलबाट सार्बजनिक गर्दै बजारमा ल्याएका हुन् ।आफ्नो पछिल्लो गीति सङ्ग्र श्लोकमा रहेको उक्त गीतको म्युजिक भिडियोलार्इ अस्ट्रेलिया र नेपालमा छायांकन गरिएको छ ।

भिडियोलार्इ नेपालमा ज्ञानेन्द्र शर्मा ले र अस्ट्रेलियामा जीवन रसाइलीले छायांकन गरेका हुन् । रसाइली आफै यो भिडियोका निर्देशक समेत हुन् । उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।उक्त गीतको शब्द र संगीत गायक स्वयं कै हो भने संगीत संयोजन मोहित मुनालले गरेका छन् । उक्त संग्रहलार्इ स्टेरियो रेकर्डले बजारमा ल्याएको हो ।

भिडियाे हेर्नुहाेस् :

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …