Tuesday , November 21 2017

तेश्रो सातामा ‘म यस्तो गीत गाउँछु’, विदेशमा पनि रुचाए दर्शकले

पल शाह र पुजा शर्मा स्टारर चलचित्र ‘म यस्तो गीत गीत गाउँछु’ तेश्रो सातामा पनि राम्रो ब्यापार गरिरहेको छ । चलचित्रका निर्माता तथा निर्देशक सुदर्शन थापाका अनुसार चलचित्र अझै पनि काठमाण्डौँका मुख्य मुख्य हलहरुमा लागिरहेको छ ।

निर्देशक थापाका अनुसार चलचित्र अझै पनि क्युएफएक्स, एफक्युब, गोपिकृष्ण, गुण, अष्टनारायण, बाराही सिनेमा पोखरामा भब्यताका साथ प्रदर्शन भईरहेको छ । चलचित्रले पहिलो साता नबित्दै आफ्नो लगानी सुरक्षित गरि नाफाको ब्यापार गरेको बितरक गोपाल कायस्थले बताएका छन् । चलचित्र नेपालमा मात्र नभएर थाईल्याण्डमा पनि हाउसफुल भएको थियो ।

चलचित्रलाई चाँडै नै अमेरिका, लंडन, अस्ट्रेलिया, हंकङ, कोरिया, जापान, ईजरायल, बु्रनाई, दुवई लगायतका देशहरुमा प्रदर्शन गरिने पनि निर्माता तथा निर्देशक थापाले बताएका छन् । नेपालमा असार ३० गतेदेखी प्रदर्शनमा आएर आक्रामक ओपनिङ गरेको चलचित्रमा पल र पुजाको अलावा राजाराम पौडेल, सरोज खनाल, रुपा राना, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …