Wednesday , November 22 2017

दुई दिनमै करोड क्लबमा धनपति

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘धनपति’ दुई दिनमै करोड क्लबमा प्रवेश गरेको छ । नयाँ वर्षपछि फिल्महरुको व्यापारमा गिरावट आइरहँदा ‘धनपति’ हेर्ने दर्शकको चाप हलमा ह्वात्तै बढेको छ । निर्देशक दीपेन्द्र के खनालका अनुसार फिल्मले शुक्रबार ४५ लाख र शनिबार ७५ लाखको व्यापार गर्दै करोड क्लबमा इन्ट्री गरेको हो ।दुई दिनमा सिनेमाको ग्रस कलेक्सन १ करोड २० लाख पुगेको छ । अघिल्लो फिल्म ‘पशुपति प्रसाद’को लोकप्रियताले गर्दा दीपेन्द्र र खगेन्द्रको ‘धनपति’ले पहिलो दिनमा नै वर्षकै उत्कृष्ट व्यापार गर्यो । त्यसैमा फिल्मको राम्रो प्रतिक्रियाले शनिबार हल शतप्रतिशत भरिन पुगेको छ ।

निर्देशक खनालले दुई दिनमै फिल्मको लगानी उठ्दा खुशी लागेको बताए । १ करोड १० लाखको बजेटमा निर्मित फिल्मले देश वाहिरबाट ६२ लाख कमाईसकेको छ । हिसाबमा ‘धनपति’को विश्वव्यापी कलेक्सन १ करोड ८२ लाख पुगीसकेको छ । यसअर्थमा फिल्मले नेपाल प्रदर्शनको दुई दिनमा लगानी उठाउन सफल भएको हो  ।फिल्ममा राजनीतिले एक व्यक्तिको जीवनमा पार्ने प्रभावलाई देखाइएको छ । फिल्ममा  खगेन्द्र लामिछाने, सुरक्षा पन्त , हरिहर शर्मा लगायतको अभिनय रहेको छ । फिल्म देशभरका ५५ बढी सिनेमा हलमा प्रदर्शन भैरहेको छ ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …