Tuesday , November 21 2017

देश दौडाहामा निस्किएपछि ‘प्रेमगीत २’ को अफिसियल पोस्टर सार्वजनिक

चलचित्र ‘प्रेमगीत २’को अफिसियल पोष्टर सार्वजनिक भएको छ । कलाकार प्रदीप खड्का, अश्लेषा ठकुरी र सन्तोष सेन पोस्टरमा अटाएका छन् । १३ साउनबाट रिलिज हुने चलचित्रको पोष्टरमा प्रेमकथा चित्रण गरिएको छ ।
रामशरण पाठक निर्देशित चलचित्र युनिट अहिले देश दौडाहामा हिँडेको छ ।

कन्सर्टको अवधारणासहित चलचित्र युनिट प्रचारका लागि देश दौडाहामा निस्किएको हो । तनहुँको दमौलीदेखि सुरु हुने कन्सर्ट पोखरा, नेपालगंज, पूर्वी सहर हुँदै १५ भन्दा बढी सहरमा हुनेछ । नेपाल, म्यानमार र थाइल्यान्डमा छायाँकन गरिएको चलचित्रले केही दिन पहिले ट्रेलर ल्याएको थियो । ट्रेलरले दर्शकको माया पाउन सफल देखिएको छ । प्रेमकथामा बनेको यो चलचित्र ‘प्रेम गीत २’ दर्शकले मन पराउने निर्माण युनिटको दाबी छ ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …