Thursday , August 17 2017

‘धनपति’लाई दर्शकले दिए साथ

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘धनपति’ले ओपनिङ ब्यवसाय राम्रो गरेको छ । शुक्रबार उत्साहजनक दर्शकको साथ पाएको चलचित्रले शनिबार पनि राम्रो दर्शक पाइरहेको निर्देशक दीपेन्द्र के खनालले बताए ।


‘देशभरकै चलचित्र भवनमा आज बिहानीको सो भरिभराउ भएको छ’ निर्देशक खनालले भने ‘बुकिङलाई आधार भन्ने हो भने पनि दिनभरी कैसो राम्रो हुनेछ ।’ बिहिबार प्रिमिएर समेत गरिएको चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएको प्रिमिएरमा सहभागीले दिएका थिए ।


राजधानीका क्यु.एफ.एक्स, बिग, एफ.क्युव अन्र्तगतका हलहरुमा चलचित्रको धेरै दर्शक देखिएका छन् । राजधानी र मोफसल गरि करिब ५५ बढी पर्दामा चलचित्र एकसाथ प्रदर्शनमा आएको हो ।


‘पशुपति प्रसाद’ पछि खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको चलचित्र ‘धनपति’ हो । यसमा खगेन्द्रको श्रीमतीको भूमिकामा नायिका सुरक्षा पन्तले अभिनय गरेकी छिन् ।
टुकी आर्टस् र दीपेन्द्र के खनाल प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रमा आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवि गिरी, कमल देवकोटा र प्रकाश घिमिरेलगायतका कलाकारको समेत अभिनय छ ।

Check Also

बन्ने भो ‘पन्चेबाजा’

न्यु भेनस फिल्मको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘पन्चेबाजा’ को बिहिवार कमलादी स्थित गणेश मन्दिरमा नरिवल …