Tuesday , October 17 2017

धुम २ को गीत रिलिज, पूर्वको होस् या होस् पश्चिमको भन्दै जय र सिर्जना

चलचित्र ‘धुम २’ को पहिलो भिडियो गीत रिलिज गरिएको छ । बिहीबार चलचित्रको डिजिटल राइट्स लिएको अफिसियल युट्युव च्यानल साइराम पिक्चर्सबाट ‘पूर्व कि होस् या पश्चिम’ बोलको गीत रिलिज गरिएको हो । जून गीतमा फिल्मका शीर्ष कलाकार जय किशन बस्नेत र सिर्जना भट्टराईले गजबैले कम्मर मर्काएका छन् ।त्यसो त अर्को चाख लाग्दो कुरा त यो छ कि यो फिल्ममा जयले चार चार वटा जिम्वेवारी आफैले निर्वाह गरेका छन् । फिल्म लेखन, निर्देशन, निर्माण र अभिनयको साथ कोरियोग्राफीको पार्ट उनले सम्हालेका हुन् ।

भाद्र ८ गतेदेखि अल नेपाल प्रदर्शनमा आउने चलचित्रको स्लोगन ‘मनोरञ्जनको १०० प्रतिशत ग्यारेन्टी’ राखिएको छ । यस अघि ‘धुम’ ले व्यवसायिक रुपमा सफलता हासिल गरेको थियो । ‘धुम २’ चलचित्र ‘धुम’ को सिक्वेल भने नभएको जयले फिल्मीकुरालाई बताएका छन् । उनले केबल टाइटल क्रेडिट लिएको बताए ।टंक बुढाथोकीको संगीत समावेश यस फिल्मलाई जीवन श्रेष्ठले छायांकन गरेका हुन् । नेपाली नारीहरुको महान पर्व तीजलाई लक्षित गरी प्रदर्शनमा आउन लागेको फिल्म झण्डै करोड बजेटको हाराहारीमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । कमेडीले भरिएको चलचित्रमा जय किशन बस्नेत, महिमा सिलवाल, रोहित रुम्बा, सिर्जना भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् ।

Check Also

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता …