Tuesday , October 17 2017

धुर्मुस सुन्तलीको ‘नमुना नेपाल’

धुर्मुस सुन्तली फाउण्डेशनले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको नमुना नेपालको एनिमेटेड भिडियो युट्युवको पहिलो ट्रेडिङ्मा आएको छ ।सार्बजनिक गरेको दुई दिनमै डेड लाख दर्शक पाएको यस भिडियोले सबैको साथ पाएको छ । सामाजिक सञ्जालमा सेयर पनि उत्तिकै भईरहेको छ ।१० मिनेटको एनिमेटेड भिडियोमा फाउण्डेशनले निर्माण गर्ने नमुना नेपालको चित्रण गरिएको छ । भिडियोमा धार्मिक, सांस्कृतीक, मनोरञ्जनात्कम खेल मैदान, रेल सेवा, सुन्दर वस्ती, पोखरी तथा हिमाल, पहाड र तराईको झल्को दिने प्रकृतिक सुन्दरतालाई झल्काईएको छ ।

यस भिडियो अनुसारनै नमुना नेपाल बन्ने र यसले नेपाललाई विश्वमा चिनाउन सहयोग पुग्ने फाउण्डेशनको भनाई छ ।अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल, नमुना नेपाल भन्ने नाराका साथ निर्माण अघि बढाईने यस परियोजनाका लागि ५०० देखी एक हजार रोपनी गज्जा आवश्यक पर्ने र त्यसको ब्यवस्था सरकारले गरिदिने भनेपनि अहिलेसम्म जग्गा जमिनको टुङ्गो भने लागिसकेको छैन् । फाउण्डेशनले सरकारले जग्गा नदिएपनि आफुहरु जसरी भएपनि परियोजना निर्माण गरिछाड्ने अडान प्रस्तुत गरेको छ ।त्यस्तै नमुना नेपाल निर्माणका लागि ५ अर्व अनुमानीत लागत लाग्ने र सम्पुर्ण रकम सहयोगी मनहरुबाट उठाउनु पर्ने हुदाँ सबैलाई खुलेर सहयोग गर्नका लागि फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ले आग्रह समेत गरेका छन् । फाउण्डेशनले परियोजना निर्माणका लागि सरकारलाई समेत सहयोग गर्न आग्रह गरेको छ ।

Check Also

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता …