Tuesday , October 17 2017

नरेश र अनिलले खोले ‘म्यूजिक स्टेट स्टूडियो’

गायक अनिल सिंह र संचारकर्मी तथा गीतकार नरेश भट्टराइले काठमाण्डौको डिल्लिबजारमा ‘म्यूजिकल स्टेट स्टूडियो’ संचालनमा ल्याएका छन् ।पत्रकार शान्तिप्रिय, निर्देशक मिलन चाम्स, वितकर गोविन्द शाही, गायक अनिल सिंह र संचारकर्मी नरेश भट्टराइले संयुक्त रुपमा स्टूडियोको उद्घाटन गरेका छन् ।

 

गायक अनिलको तेश्रो एल्बम ‘म्यूजिक स्टेट’बाट नै स्टूडियोको नाम राखिएको हो । यो स्टूडियोमा गीत रेकडिङ, टीभी कार्यक्रम उत्पादन, युटुब कार्यक्रम निर्माण गरिने गायक सिंहले बताए । संचारकर्मी भट्टराइले स्टूडियोबाट नेपाली चलचित्रको विदेश प्रदर्शनको समेत काम गर्ने उल्लेख गरे ।

Check Also

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता …