Tuesday , November 21 2017

‘नाइलनको सारी’ चोरीको आरोप लागेपछि दीपकराजले के भने ?

कलाकार दीपकराज गिरीले फिल्म ‘छक्का पञ्जा २’ को गीत ‘नाइलनको सारी’ चोरी गरेको भन्ने आरोपको खण्डन गरेका छन् ।उनले ‘नाइलनको सारी’ चोरिएको नभइ वास्तविक सर्जकलाई गायक अल्मोडाले आफ्नो सामु नल्याएको कुरा सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका हुन् ।नाइलनको साडीका वास्तविक सर्जक पत्ता लाग्ने वित्तिकै उनलाई क्रेडिट दिएको दीपकले उल्लेख गरेका छन् ।

नाइलनको साडीमाको संगीतकारमा प्रिन्स नेपाली र स्व.कान्छा मगर नेपालीको नाम राखिएको छ । सुरुमा संगीतरमा अल्मोडाको नाम राखिएको थियो ।गत शुक्रबार फिल्म ‘छक्का पञ्जा २’ ले ‘नाइलनको साडीमा’ बोलको गीति भिडियो बजारमा ल्याएको थियो । दिपाश्री निरौलाले निर्देशन गरेको ‘छक्का पञ्जा २’ असोज ११ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …