Friday , February 23 2018

नायक तथा गायक यश कुमारले बनाउदै “आई एम छिरिङ”

गत बर्ष “बाटो मूनीको फूल २” नामक चलचित्र निर्माण गरेर दर्शक माझ पेश गरेका नायक तथा गायक यश कुमारले फेरि अर्को चलचित्र गर्ने भएका छन् । नेपालबाट सन्तोषजनक व्यापार गरेपछि यश कुमारले विदेश प्रदर्शनबाट “बाटो मूनी फूल २” मा खर्च गरेको रकम उठाएका थिए । अब यश कुमारले आफ्नै ब्यानरमा नयाँ चलचित्र निर्माण गर्दैछन् । उनले दिएको जानकारी अनुसार उनको नया चलचित्रको नाम “आई एम छिरिङ” रहेको छ ।यस्तै उनले दिएको जानकारी अनुसार चलचित्रको छायांकन सेप्टेम्बरबाट हुनेछ ।

चलचित्रमा यश र निमा रुम्बा मुख्य भूमिकामा फाईनल भैसकेका छन् भने अन्य कलाकारहरुको छनौट चाँडै हुनेछ । “छिरिङ” नामक पात्रको जीवनमा आउने उतारचडावलाई चलचित्रमा देखाइने उनले बताए । उनले काठमाडौं , मनाङ , मुस्ताङ , रोल्पा , डोल्पासँगै अमेरिकामा पनि केही प्रतिशत चलचित्रको छायांकन हुने जानकारी दिए ।गायनमा सफल यश कुमारले “बाटो मूनीको फूल”, “आधी बाटो”, “वीर”, “बाटो मूनीको फूल २” लगायतका चलचित्रमा अभिनय गरेका छन् । तर उनी अभिनित “बाटो मूनीको फूल” मात्र सफल चलचित्र मानिन्छ ।

Check Also

अमृत र संगीताको यस्तो छ ‘मग मग’

भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत छेत्रीले आफ्नो स्वरमा सजिएको गीत ‘मग मग’ लिएर …