Sunday , October 22 2017

नायिका नेहा धुपियाको दुर्घटना, सहयोग गर्नुको साटो सेल्फी लिन थाले मानिसहरु

आफ्नो कार्यक्रम नो फिल्टर नेहाको दोस्रो संस्करणको प्रोमोशनको सिलसिलामा चण्डीगढ पुगेकी नेहा धुपियाको दुर्घटना भएको छ ।उनी मुम्बईको फ्लाइट लिनका लागि चन्डीगढ एयरपोर्ट जाने क्रममा दुर्घटना भएको हो । दुर्घटनाका कारण त्यहाँ भयंकर जाम भयो र नेहा लगभग आधा घण्टाका लागि त्यहाँ फसिन् ।

यद्यपी, दुर्घटनामा उनी र उनको समूहमा कसैलाई पनि गम्भीर चोट लागेन । नेहाको काँधमा भने चोट लागेको छ ।अचम्मको कुरा के छ भने दुर्घटना हुँदा मानिसहरु उनलाई मद्दत गर्नुको साटो उनीसँग सेल्फी लिन र अटोग्राफ लिनका लागि जम्मा भए ।

के हो फिल्टर नेहाः

सन् २०१६ मा नेहाले पोडकास्टमा यो कार्यक्रमको सुरुवात गरेकी थिइन् । यसमा उनी बलिउड सेलिब्रिटीको अन्तर्वार्तामा लिन्छिन् र उनको जीवनसँग जोडिएका कथा सार्वजनिक गर्ने कोसिस गर्छिन् । कार्यक्रमले निकै राम्रो प्रतिक्रिया पाएको थियो । यसै वर्ष यसको दोस्रो सिजनको सुरुवात भएको छ ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …