Thursday , August 17 2017

नारीका पीडा र बेदना बोकेर आउने अन्जली

भनिन्छ , नारी को महिमा समाज मा एउटा प्रतिश्ठा संग जडित हुन्छ ,जस्को महिमा नारी आफैले जोगाउन सक्नुपर्छ । समाजमा थरीथरी किसिमका मानिस हरु बस्दछन त्यही भिडमा समाजको बिकृति र बिसङ्गती बिरुद्द लड्ने कोहि कोहि मात्र हुन्छ त्यहि भिडको एउटि प्रतिनिधित्व हो लघु चलचित्र अन्जली ।अमृता ओलिको लेखन तथा निर्माणका बन्न लागेको सामाजिक जनचेतनामा आधारित चलचित्र अन्जली को छायांकन सकिएको छ..थुप्रै म्युजिक भिडियो र शर्ट फिल्महरु निर्देशन गरिसकेका निर्देशक मदन खड्का को निर्देशन , आफुलाई गीतकारको रुपमा अगाडी बढाएका गीतकार शिब पि सुबेदी को कथा, गीत र सङ्गित मा रहेको एस चल्चित्र मा सुर बिर पण्डित, रमा थापालिय, लब शर्मा, पल्पसा डंगोल, अमृता ओली, बरुन घिमिरे,रिचा थापा,सन्जय भण्डारी,अर्जुन श्रेष्ठको अभिनय रहेको छ ।

टंक केसि को छायांकन ,बिकाश ज्ञवाली को सम्पादन तथा बरुण घिमिरे को निर्माण ब्यबस्थापनमा अन्जली काठमाडौ र त्यस आसपास का रमणिय ठाउमा छायांकन गरियको हो चलचित्रको सम्बद टिका पान्डेले तयार पारेका हुन ।समाजमा बिद्द्मान नारी बाटै नारी प्रती को प्रतिसोध र नारी भित्र कै शक्ती र नारिको माया र ममता मा हुदा घर परिवार अनि समाज कस्तो खालको प्रभाब पर्दछ र त्यसले समाज मा कस्तो परिबर्तन ल्याउदछ भन्ने कुरा चलचित्रले सम्बोधन गर्ने निर्माता अमृता ओलीले बताईन । चलचित्र बिसुद्द नेपाली सामाजिक घटना र परिघटनामा आधारित रहने छ ।

Check Also

बन्ने भो ‘पन्चेबाजा’

न्यु भेनस फिल्मको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘पन्चेबाजा’ को बिहिवार कमलादी स्थित गणेश मन्दिरमा नरिवल …