Sunday , August 20 2017

निर्देशक अमेरिकामा रमाएपछि अभिनेत्री रोशनीलाई ‘डाक्टर खाते’को चटारो

‘डाक्टर खाते’ अर्काे साता अर्थात साउन ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र हो । बिभिन्न अन्तराष्ट्रिय महोत्सबमा प्रदर्शनी भएको यो चलचित्र एकसाथ देशभर रिलिज हुन लागेको छ । सडक बालबालिकालाई पनि उचित संरक्षण र शिक्षा दिन सक्यो भने उनीहरु भबिस्यामा डाक्टर लगायत विभिन्न सफल पेशामा रहन सक्छन्  भन्ने मुल सन्देश दिने चलचित्र ‘डा. खाते’ले आम नेपाली भन्दा फरक बिषयबस्तु बोकेको छ ।चलचित्र अभिनेत्री रोशनी केसीले निर्माण गरेकी हुन् । यसको प्रदर्शन मिति एकसाता मात्र बाँकी रहँदा अभिनेत्री केसीलाई अहिले भ्याइ नभ्याइ भएको छ । ‘चलचित्रको प्रचार प्रसार, प्रदर्शन ब्यवस्थादेखि सबै आफैले हेर्नु परिरहेको छ ’ अभिनेत्री रोशनीले भनिन् ‘खाने समेत फुर्सद छैन ।’अभिनेत्री रोशनीलाई चलचित्रको सबै कामको चटारो त्यसै परेको होइन । निर्देशक रबीराज अर्याल चलचित्र नसकाउदै बिदेश रहेकोले सबै काम आफुले गर्नु परेको केसीले बताइन् ।चलचित्रको प्राबिधिक काम नसकिदै निर्देशक रबिराज अमेरिका बिदेशिएका हुन् ।

त्यसयता चलचित्र सकाउने देखि प्रदर्शन र प्रचार प्रसारसम्मको काम उनी आफैले सम्हाल्दै आएकी छन् । ‘निर्माता देखि निर्देशक र प्रचार प्रसारको रुपमा कलाकारको काम एक्लैले गर्दा निकै कठिन हुँदो रहेछ’ उनले सुनाइन् ।त्यसो त यो निर्माण देखि अहिलेसम्म चलचित्रको काममा उनलाई सघाउने अर्काे एक ब्यक्ति पनि छन् । ति हुन् निर्देशक समेत रहेका पत्रकार डब्बु क्षेत्री । उनका कारणले केसीलाई केही हल्का भएको छ । डब्बु चलचित्रका कास्टिङ निर्देशक पनि हुन् । ‘निर्देशकको आधा जिम्बेवारी डब्बु जिले ब्यर्होदिनु भएको छ’ उनले थपिन् ‘प्रचार प्रसारमा पनि त्यतिकै साथ छ ।’शिल्पा पोखरेल, रोशनी केसी, सम्राट सापकोटा, बिजय देउजा, प्रिन्स रिजाल, सूर्य गुरुङ, अमृत नेपाली लगायतको अभिनय रहेको चलचित्र काठमाडौंमा गोबिन्द शाही र मोफसलमा एफडी कम्पनीले बितरण जिम्मा लिएको छ । चलचित्र जगदिश्वर थापाले लेखेका हुन् ।
आरआर ड्रिमवर्ड इन्टरटट्रेनमेन्टद्वारा निर्मित यो चलचित्रको छायाँकन पोखराको धिताल गाउँ र काठमाडौंमा गरिएको हो । चलचित्रमा दिव्यराज सुबेदीको छायाँकन, योगेश्वर अमात्यको गायन, सचिन सिंहको संगीत, तारा थापा किम्लेको सम्पादन रहेको छ ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …