Thursday , August 17 2017

निशा र हसनको रोमियो कार्तिकमा आउने

पटक पटकको रिलिज मिति सारिएको चलचित्र ‘रोमियो’ कात्तिक १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माता समेत रहेका नायक हसन खानले वितरण कम्पनी एफडीसँगको सल्लाह अनुसार चलचित्रको प्रदर्शन मिति फाइनल गरिएको जानकारी दिए ।चलचित्र यस अगाडि वैशाख २९ गतेबाट सरेको थियो । स्थानीय निर्वाचनको कारणले चलचित्र सारिएके थियो ।

अब भने कुनै कारणकमा पनि चलचित्र नसार्ने हसनले बताए । ‘हामीले वैशाख २९ गते नै रिलिज गर्ने तयारी गरेका थियौ’ हसनले भने ‘स्थानिय निर्वाचनका कारण चलचित्रको प्रदर्शन मिति सार्नुप¥यो । अब, कात्तिक १७ मा चलचित्र रिलिज हुन्छ ।’शंकर कार्कीको निर्देशनमा तयार भएको चलचित्रमा हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय छ ।

Check Also

बन्ने भो ‘पन्चेबाजा’

न्यु भेनस फिल्मको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘पन्चेबाजा’ को बिहिवार कमलादी स्थित गणेश मन्दिरमा नरिवल …