Tuesday , November 21 2017

निश्चलले स्वस्तिमालाई चुम्मा गरेको भिडियो करोडभन्दा बढि पटक हेरियो

निर्देशक, निर्माता तथा कलाकार निश्चल बस्नेतले आफ्नी श्रीमती तथा नायिका स्वस्तिमा खड्कालाई चुम्मा गरेको भिडियो एक करोडभन्दा बढि पटक हेरिएको छ । चलचित्र ‘२ रुपैँया’ भित्र समावेश ‘कुटुमा कुटु’ बोलको गीतमा निश्चलले स्वस्तिमालाई चुम्मा गरेका थिए । राजनराज शिवाकोटी, मेलिना राई र राजन ईशानको स्वरमा रहेको गीतमा स्वयं गायक राजनराज शिवाकोटीकै शब्द तथा संगीत रहेको छ ।

२०१७ मे २८ मा युट्युबमा अपलोड गरिएको भिडियो यो समाचार तयार पार्दासम्म १ करोड २ लाख ४२ हजार ९६० पटक हेरिसकिएको छ । गीतको भिडियोमा ६४ हजार ६ सय ७ लाईक आएको छ भने ४ हजार ६ सय १३ डिसलाईक आएको छ । गीतमा आजको दिनसम्म ४ हजार ६ सय २६ कमेन्टहरु आएको छ । गीतमा आएको प्राय कमेन्टहरुले राम्रो प्रतिक्रिया दिएका छन् ।

 

भिडियो सहित :-

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …