Monday , August 21 2017

नेपथ्यले अष्ट्रेलियामा श्रृंखलावद्ध प्रस्तुती दिँदै

नेपाली गीत संगीतको चर्चित ब्याण्ड नेपथ्यले अष्ट्रेलियामा श्रृंखलावद्ध प्रस्तुती  गर्ने भएको छ ।अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरुको चाहनालाई पुरा गर्दै नेपथ्यले यसपटक अष्ट्रेलियाका विभिन्न शहरहरुमा प्रस्तुती दिन लागेको हो।

यस यात्राको  पहिलो नेपथ्य कन्सर्ट  भिक्टोरीयाको मेलबोर्न सहरमा आयोजित हुने बताईएको छ।   यतीएफसीको आयोजनामा जुलाइ ८ मा आयोजना हुने कार्यक्रमलाई यतीएफसीले आयोजना गर्न लागेको हो। कार्यक्रममा नेपथ्यले आफ्ना चर्चित गीतहरुको प्रस्तुति दिनेछन्।त्यस्तै नेपथ्यको अर्को कार्यक्रम  ‘थ्रीकेजी इन्टरटेनमेन्ट’को आयोजनामा  जुलाइ १५ मा हुनेछ। त्यसपछि भने नेपथ्य पृथ्वीको दक्षिणी गोलाद्र्धमै उसका सबैभन्दा धेरै प्रशंसकहरुले भरिएको सहर सिड्नीमा पुग्नेछ । सिड्नीमा ब्याण्डले जुलाइ २२ तारिखको दिन आफूलाई प्रस्तुत गर्नेछ । सँधैझैँ नेपथ्यको पुरानो मित्र ‘म्याग्दीओभरसिज’ले आयोजना गर्ने यो कन्सर्ट प्रसिद्ध हार्बर ब्रिजकै छेउमा रहेको ‘लुनापार्क’ स्थित बिग टप अडिटोरियममा आयोजना हुनेछ । नेपथ्यले यसअघि पनि उक्त हलमा आफ्नो  प्रस्तुती दिईसकेको छ।

यो यात्राका लागि नेपथ्यको १० जनाको  समुह यहि जुलाई ४मा अष्ट्रेलियाका लागि प्रस्थान गर्नेछन्। सधै जस्तै यस पटक पनि आफ्नो प्रस्तुतिका लागि विशेष तवर बाट गीतहरुको छनौट गरेको नेपथ्यका अगुवा तथा गायक अमृत गुरुङले  बताएका छन्।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …