Thursday , July 27 2017

नेपाली टोपी ढल्काउँदै कुमार सानुले भने, ‘नेपाल सुन्दर छ’

भारतीय चर्चित गायक कुमार सानुसँगै राजधानीबासी रमाएका छन् । शनिबार साँझ होटल याक एण्ड एतिमा आयोजित कन्सर्टमा गायक सानुले आफ्ना नयाँ तथा पुराना गीतबाट दर्शकलाई नचाउन सफल रहे ।करिब ७ बजे शुरु भएको उनको कार्यक्रममा अबेर रातीसम्म चलेको थियो । कार्यक्रममा उनले डेढ दर्जन बढि गीतबाट दर्शक श्रोता रिझाए । उनले गीत प्रस्तुत गर्दा हजारौं दर्शकको ताली र स्वरले साथ दिदै कम्बर समेत मर्काए ।२५ बर्षपछि नेपाल आएका गायक सानुले नेपाल सुन्दर लाग्ने र आइरहन मन लाग्ने कार्यक्रममा अभिब्यक्ति दिए । अभिनेत्री निशा अधिकारी र हाँस्य कलाकार जीतु नेपालले संचालन गरेको कार्यक्रममा देविका वन्दना, सुगम पोखरेल, स्मिता घिमिरे, कमलमान सिंह समेतले प्रस्तुति पस्कन भ्याए ।


गायक सानुले नेपाली गीत गाउन बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको सहयोग लिएका थिए । सानुले नेपाली गीत गाउँदा बिग्रिएको शब्द उच्चारण बास्कोटाले मिलाइ दिए ।कार्यक्रम होस्ट बनेका जीतु नेपाल र निशा अधिकारीको प्रस्तुति कार्यक्रमको अर्काे आकर्षण बन्यो । कार्यक्रममा गायक सानुलाई आयोजकको तर्फबाट गौतम बुद्ध अंकित  चिनो र नेपाली ढाका टोपी उपहार दिइयो । उनले कार्यक्रममै ढाका टोपी लगाए । कार्यक्रम स्वेताश्री फाउन्डेसनको सहयोगार्थ आयोजित थियो ।

Check Also

अनमोलको फिल्म ‘कृ’ की अभिनेत्री अदिती बलिउडमा

थोरै नेपाली कलाकार मात्र बलिउडमा जम्न सकेका छन्। यद्यपी बलिउडमा आफुलाई स्थापित गर्न धेरै नेपाली …