Sunday , August 20 2017

नेपाल आइडलका प्रतिस्पर्धीले हेरे ‘प्रेमगीत २’

नेपाल आइडलका अन्तिम सात प्रतिस्पर्धीले आइतबार बेलुका चलचित्र ‘प्रेम गीत २’ हेरेका छन् । कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा उनीहरुले चलचित्र हेरेका हुन् । ‘निकै फ्रेस भयो र मनोरञ्जन पनि लियौं’ एकजना प्रतिस्पर्धी प्रताप दासले भने, ‘ चलचित्र राम्रो बनेको छ । सबैलाई एकपटक हेर्न सुझाव दिन्छु ।’ दास चलचित्रको क्लब गीत ‘मोटरसाइकलमा…’को गायक पनि हुन् ।

सांगीतिक पक्ष र अभिनय आफूलाई मन परेको अर्का एक प्रतिस्पर्धी बुद्ध लामाले बताए । यी पोखरेली ठिटालाई नेपालको सौन्दर्यले मन छोए छ । अभिनेता प्रदीप खड्का, सन्तोष सेन, कैलाश कट्वालसँग बसेर आइडल टीमले चलचित्र हेरेका हुन् । प्रेमकथामा बनेको चलचित्र ‘प्रेम गति २’ अहिले दोस्रोसातामा चलिरहेको छ । रामशरण पाठक निर्देशित चलचित्रमा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य अभिनय रहेको छ ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …