Monday , August 21 2017

नेपाल आइडल: ‘टप नाइन’वाट बाहिरिइन् सुदूरपश्चिमकी चेली

रियालिटी टेलिभिजन सो नेपाल आइडलको ‘टप नाइन’वाट सुदूरपश्चिमकी सन्ध्या जोशी आउट भएकी छिन् । शुक्रबार प्रसारण भएको कार्यक्रममा डेन्जरजोनमा सुजाता पाण्डेय, प्रताप दास र सन्ध्या जोशी परेका थिए । दर्शकको कम भोट पाएको भन्दै धनगढी, कैलालीकी सन्ध्यालाई आउट भएको घोषणा गरिएको हो।नेपाली दर्शकका लागि एसएमएसबाट र विदेशमा रहने दर्शकका लागि एपबाट शुक्रबार मध्याह्नसम्म गरिने भोटिङमा सबैभन्दा कम भोट पाउने प्रतिस्पर्धीवाट उनि बाहिरिएकी हुन् । २३ वर्षीया सन्ध्या जोशी बाहिरिँदा जज र प्रतिस्पर्धीहरुसमेत भावुक भएका थिए।

हरेक हप्ता एक-एक जना प्रतिस्पर्धी आउट हुँदै टप थ्रीमा पुगिसकेपछि नेपाल आइडल छान्न ग्रान्ड फिनालेमा प्रतिस्पर्धा हुन्छ।अमृत गुरुङ र अभया सुब्बाको गीत मन पराउने उनी पप, रक एवं लोकगीतकी पारखी हुन् । आफ्नो मेहनत र दर्शकको मायाका कारण नेपाल आइडलको उत्कृष्ट ९ सम्म आइपुगेकी सन्ध्या बाहिरिदा दर्शक निके भाबुक बनेका थिए ।

सन्ध्या जोशी
ठेगाना : धनगढी, कैलाली
उमेर : २३ वर्ष
शिक्षा : स्नातक अध्ययनरत

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …