Tuesday , October 24 2017

पञ्चायतलाई दिइएको पिजी सर्टिफिकेट प्रति लेखक तथा निर्देशकको आक्रोस

नेपाली चलचित्र पञ्चायतलाई केन्द्रिय चलचित्र जाँच समिति ( सेन्सर बोर्ड)ले पिजी सर्टिफिकेट दिएको छ । सेन्सर बोर्डले आफ्नो चलचित्रलाई पिजी सर्टिफिकेट दिएसँगै उक्त चलचित्रका लेखक तथा निर्देशक शिवम अधिकारीले आक्रोस व्यक्त गरेका छन् ।चलचित्रलाई सेन्सरबोर्टले दिएको सर्टिफिकेट प्रति गम्भिर आपत्ती जनाउँदै अधिकारीले जवरजस्ती सर्टिफिकेट भिराएर आफ्नो चलचित्रलाई चाहिने भनदा बढी कैंचि चलाएको आरोप लगाउनुभयो । सेन्सर बार्डका सदस्यहरुलाई स्व. राजा विरेन्द्रको फोटोले पनि तर्साएको छ ।‘चलचित्र समाजको दर्पण हो, चलचित्र सिर्जना हो, चलचित्र साहित्य हो, उनले भनेका छन्, यदी साहित्य हो भने साहित्यमाथि खुला बहस गर्ने की जवरजस्ती सर्टिफिकेट भिराएर पठाउने ?’आफुले विदेशी फेशटिवलदेखि आस्कारसम्म पुग्ने हिसावको निर्माण गरेको चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिनुको सट्टा पिजी सर्टिफिकेट भिराएर पञ्चायतलाई मार्ने काम गरेको दावी गरेका छन् ।

२०३१ सालको कथामा निर्माण भएको चलचित्र पञ्चायतमा तत्कालिन अबस्थामा स्कुलमा गाईने राष्ट्रिय गानलाई समेत चलचित्रबाट हटाउन निर्देशन दिएपनि निर्देशकले सो गान नहटाउने बताए ।उनले यो हटाउँदा चलचित्रको कथाबस्तु मर्ने हुँदा सेन्सर बोर्डले हचुवाको भरमा आफ्नो चलचित्रमाथि कैंची चलाएको बताए । उक्त चलचित्रले पिजी सर्टिफिकेट प्राप्त गरेसँग १६ बर्ष तलका बालबालिकाले अभिभावकका साथ मात्रै हेर्न सक्नेछन् ।सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको यस चलचित्रलाई गणेश गिरीको प्रस्तुतमिा निर्माण गरिएको हो । चलचित्रलाई शुशान्त श्रेष्ठ र शंकरप्रसाद सुवेदीले निर्माण गरेका हुन् । चलचित्रमा निता ढुंगाना र सरोज खनालको मुख्य भूमिका रहेको छ ।यस्तै गणेश गिरी, गीता अधिकारी, रुपा राना, जाहन्वी बस्नेत, विशाल पहरी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय छ । चलचित्र आगामी फागुन १८ बाट प्रदर्शनमा आउँदै छ ।

 

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …