Thursday , December 14 2017

‘पद्मावती’ मा रणवीरको किलर लुक्स

सञ्जयलिला भन्सालीको बहुप्रतिक्षित फिल्म ‘पद्मावती’ को चर्चा दिनानुदिन बढ्दो छ । यस फिल्मको फस्टलुकले पनि आम दर्शकहरुमा ‘पद्मावती’ प्रतिको लगाव निकै देखिएको छ । सुरुवातमा दिपिका पादुकोण , शाहिद कपुरको फस्टलुक र लुक्स जारी भएपछि धेरै जना अर्का नायकयक रणवीर सिंहको लुक्सलाई लिएर निकै प्रतिक्षामा रहेका थिए ।

आजै मात्र ‘पद्मावती’ मा भएको रणवीरको पनि लुक्स सार्वजनिक भएको छ । उक्त पोस्टरमा रणवीरको लुक्स निकै किलर देखिएको छ । रणवीर यस फिल्ममा अलाउद्दीन खिलजीको भुमिकामा देखिएका छन् । १४ औँ शताब्दीको ऐतिहासिक कथामा आधारित यस फिल्मको यतिबेला चौतर्फी बिरोध पनि भईरहेको छ ।

यस्तोमा यो फिल्म रिलिज पनि हुन पाउँला की नपाउँला भन्ने द्धविधा भने रहेको छ ।फिल्म डिसेम्बर १ मा रिलिज हुने भएको छ । स्मरणरहोस सञ्जय लिला भन्सालीको ब्लकबस्टर फिल्म ‘गोलियोकी रासलिला-रामलिला’ को कारण पनि यो फिल्म बहुप्रतिक्षित बनेको हो ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …