Tuesday , October 17 2017

पप सम्राटको गीति–एल्बम आउँदै

नेपाली पपसंगीतका पपसम्राट नै मानिएका गायक ओमविक्रम विष्टको गीति–एल्बम नआएको धेरै समय भएको छ । अब त्यो रिक्ततालाई दुर गर्नका लागि गायक विष्टले चाँडै नै ‘मनको कुरा’ नामक गीति–एल्बम मात्र होइन, यसको भिडियो एल्बम नै निकाल्ने अन्तिम तयारी गरिसकेका छन् । ओमविक्रमका हिट गीतका रिमेक र रिमिक्स एल्बमका रूपमा आउने एल्बम मनको कुराको टाइटल गीतको म्युजिक भिडियो हालै थाइल्यान्डको बैंककस्थित फुकेट, पतैयालगायत रमणीय स्थानमा छायांकन गरिएको छ ।

पुराना रंगकर्मी तर, हट मोडलका रूपमा हाल चर्चा पाएका राजु हमालका साथमा मोडल पेमिला क्षेत्रीको ‘मनको कुरा’ गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् । ओमविक्रम विष्टजस्तो नेपाली पपसम्राटको गीतमा अभिनय गर्न पाउनुको गौरवता बेग्लै रहेको बताउने रंगकर्मी हमालले यसलाई आफ्नो अभिनयको टर्निङ प्वाइन्ट नै हो भनेर भनेका छन् ।
गायक विष्ट पनि अभिनेता हमालमा देखिएको परिपक्व अभिनय शैलीबाट आफू अत्यन्त प्रभावित बनेको बताउँदै ‘मनको कुरा’को म्युजिक भिडियो सोचेभन्दा राम्रो बनेको भन्छन् । रंगकर्मी हमालले पप सम्राट गायक विष्टको गीतको म्युजिक भिडियोको अलावा अर्का पप गायक भीम तुलाधरको ‘उजाड मेरो यो जिन्दगी’ बोलको गीतको भिडियोमा पनि मार्मिक ढंगबाट अभिनय गरेका छन् ।


स्याड रोज ब्यान्डको ‘आज तिम्रो याद’मा बोलको गीत तथा गीताराम कर्माचार्यको ‘टाढा धेरै टाढा’, प्रमोद निर्वाणको ‘आगो’ बोलको गीतको म्युजिक भिडियोमा पनि आगो पार्ने अभिनय गरिसकेका छन् । लामो समयको रंगकर्म तथा हाल दर्जनाँै गीतका म्युजिक भिडियोमा एकपछि अर्को गर्दै आएको बेजोड अभिनयको सम्मानार्थ हमाललाई विभिन्न संघ–संस्थाले दर्जनौँ सम्मान प्रदान गरिसकेको छ ।जसमा नेसनल क्यापिटल अवार्ड, म्युजिक खबर अवार्ड, दुबईमा भएको फस्ट नेपाली म्युजिक भिडियो अवार्डलगायत रहेका छन् । हालका व्यस्त म्युजिक भिडियो मोडलका रूपमा हमाललाई लिइने गरेको छ ।

Check Also

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता …