Tuesday , October 17 2017

पल र आँचलको ‘जोनी जेन्टलम्यान’ भदौमा पुग्यो

जेठ १९ मा प्रदर्शन मिती तय गरेर प्रचार-प्रसारमा उत्रेको फिल्म जोनी जेन्टलम्यानुको प्रदर्शन मिती सारिएको छ । देशको वर्तमान राजनिती घटनाक्रमले फिल्मको व्यापारलाई असर गर्ने देखिएपछी निर्माण युनिटले आफ्नो रिलिज मितीलाई हेरफेर गरेको जानकारी गराएको छ ।स्थानीय तह अन्तर्गत बैशाख ३१ गते भएको पहिलो चरणको चुनावले नेपाली बक्सअफिससंगै फिल्मी बजारमा समेत असर गरेको थियो ।

त्यस्तै, दोस्रो चरणको चुनावले पनी फिल्मी क्षेत्रमा प्रत्यक्ष असर गर्छ भन्ने फिल्मी पण्डितहरुको समीक्षा र दर्शकीय मनोविज्ञानलाई मध्यनजर गर्दै जोनी जेन्टलम्यानुले रिलिज मिती २ महिना पछी धकेलेको छ ।नितिन चन्द निर्देशित फिल्मले नयाँ रिलिज मितीसहितको नयाँ पोस्टर पनी सार्वजनिक गरेको छ । जहाँ फिल्मका मुख्य कलाकार पल शाह र आँचल शर्मा चित्रित छन् । अब फिल्मलाई दर्शकले भदौ ३० मा हेर्न पाउनेछन् । यसअघी रिलिज गरेका प्रचार सामाग्री दर्शकको रोजाईमा परिसकेका छन् । एनड्रिउ पौडेलको लगानीमा बनेको फिल्ममा पल र आँचलको जोडी दोस्रो पटक पर्दामा छाउँदै छ ।

 

Check Also

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता …