Sunday , October 22 2017

पल र पुजाको हातमा हथकडी किन

अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको हातमा ‘हथकडी’ लागेको छ । रियल लाइफमा उनीहरुको हातमा हथकडी लागेको भने होइन । आगामी ३० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘म यस्तो गीत गाउँछु’को सार्वजनिक ट्रेलर, गीत र पोष्टरमा यी  कलाकारको हातमा हथकडी देखिएको हो ।

चलचित्र सुदर्शन थापाले निर्देशन गरेका हुन् । प्रेमकथामा बनेको चलचित्रको नायक नायिकाकै हातमा हथकडी देखिनु दर्शकका लागि कौतुहलताको बिषय बनेको छ । चलचित्रका निर्देशक सुदर्शन थापाले पनि प्रचार सामग्रीमा देखिएको यो बिषयका बारेमा बोल्न चाहेनन् ।

‘यो चलचित्र भित्र रहेको एक महत्वपूर्ण दृश्य हो’ निर्देशक थापाले भने ‘यो थहा पाउन चलचित्र हेर्नुपर्छ ।’ प्रेमकथा रुचाउने दर्शकका लागि चलचित्र राम्रो ब्याकेज भएको उनले खुलाए ।

अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा पूजा र पलका अलवा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, नवि मानन्धर, विक्रम सेन, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय छ । चलचित्र सुदर्शन र पूजाले मिलेर बनाएका हुन् ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …