Wednesday , November 22 2017

पल र पुजा रिङ रोड घुम्ने

नायक पल शाह र नायिका पुजा शर्मा काठमाडौँ रिङ रोडको परिक्रमा गर्ने भएका छन्। असार २९ गते बिहिवारका दिन “म यस्तो गीत गाउँछु” का नायक पल शाह र नायिका पुजा शर्मा सहित फिल्मको टोलीले चक्रपथ परिक्रमा गर्ने भएको हो।नेपाल दर्शन टेलिभिजनले सञ्चालन गर्न थालेको ‘नेपाल दर्शन आईडल’को प्रमोशनका लागि पल र पुजा रिङ रोड घुम्ने छन् । यसले गर्दा पल र पुजालाई आफ्नो फिल्मको प्रमोशन गर्ने अवसर त मिल्ने छ नै ।

सँगै ‘नेपाल दर्शन आईडल’को पनि प्रचार हुनेछ । यसको चाँजोपाँचो मिलाएका हुन् पत्रकार सुजन आचार्यले ।काठमाडौँमा मंगलबार ‘नेपाल दर्शन आईडल’को घोषणा कार्यक्रममा यस्तो कुराको जानकारी गराईएको हो । उक्त घोषणा कार्यक्रममा पल र पुजासँगै निर्देशक सुर्दशन थापा पनि पुगेका थिए ।पल, पुजा र सुर्दशन सबैले नेपाल दर्शन आईडलको सफलताको शुभकामना पनि दिए । नेपाल दर्शन आईडलका प्रमुख विजेतलाई पाँच लाख नगद पुरस्कार दिईनेछ ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …