Tuesday , August 22 2017

पुजा सुनुवारको ‘यो मन मेरो चोरी सकेछौ तिम्ले’

गायिका पुजा सुनुवारले ‘यो मन मेरो चोरी सकेछौ तिम्ले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्। पछिल्लो समय ‘सेल्फि टु को टिउसन पढाउँला’ भन्ने चर्चितमा गीतमा स्वर दिएकी पुजाले ‘यो मन मेरो’ चोरी सकेछौ तिम्ले’को म्युजिक भिडियो आईतबार साँझ मात्र सार्वजनिक गरेकी हुन्। यस गीतको रचना डिपी खनालले गरेका हुन्। युवा संगीतकार शंकर थापाले यस गीतमा संगीत भरेका छन्। संगीत संयोजन उदयराज पौडेलको छ।

रोमान्टिक जनराको यस भिडियोलाई अबुदाबीका विभिन्न शहरमा छाँयाङकन गरिएको छ।  मोहन बोगटी र सरिका सुनारले भिडियोमा अभिनय गरेका छन्। नृत्य निर्देशन गोविन्द राईले गरेका छन्। यस भिडियोलाई विरेन्द्र भट्टले खिचेका छन्। निशान घिमिरेले भिडियो सम्पादन गरेका छन्। दुर्गा बहादुर सुनुवारको प्रस्तुती रहेको यस भिडियो डश म्युजिक प्रालिले बजारमा ल्याएको हो। गायिका पुजाले नेपालीबाहेक अन्य थुप्रै भाषामा गीत गाएकी छिन्। उनले थुप्रै चलचित्रमा पार्श्व गायन समेत दिएकी छिन्। उदयपुरमा हुने मेला महोत्सवमा पुजाको विशेष महत्व समेत हुन थालेको  छ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …