Thursday , January 18 2018

पुरा भयो हरिवंशको स्वदेशी बुहारी भित्र्याउने चाहना

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको स्वदेशी बुहारी भित्र्याउने चाहना पुरा भएको छ । कान्छो छोरा मोहितवंश आचार्यले व्यवसायी एवं सञ्चार उद्यामी भोला थापाको छोरीसँग विवाह गरेसँगै हरिवंशको स्वदेशी बुहारी भित्र्याउने चाहना पुरा भएको हो ।उनको जेठो छोरा त्रिलोकले विदेशी बुहारी ल्याएका थिए ।

शनीबार कलाकारहरुको बाक्लो उपस्थितिकाबीच धुलिखेलस्थीत होटल मिरेबलमा मोहितले बिन्दु थापासँग लागनगाँठो कसेका हुन् ।करिब ९ महिना अघि इन्गेजमेन्ट गरेका उनीहरुले पूर्व योजना अनुसार नै शनीबार विवाह गरेका हुन् । बिन्दु, नेपाल मेडिकल कलेजमा डेन्टल सर्जरीको विद्यार्थी हुन् भने मोहित कुपण्डोलमा ब्रिक्स क्याफे सञ्चालन गरेर बसेका छन् ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …