Tuesday , November 21 2017

‘पोखराकी काली’ मा गजित र निशा

अभिनेत्री निशा अधिकारी र गजित बिष्टको अभिनय रहने चलचित्र ‘पोखराकी काली’को हाल चितवन आसपासका स्थानमा छायाँकन भइरहेको छ । ‘मायाज बार’ पछि एकसाथ अभिनय नगरेका उनीहरु फेरी एकै चलचित्रमा देखिन लागेका हुन् ।बिमल पौडेलको लेखन तथा निर्देशन रहेको ‘पोखराकी काली’  फुल कमेडी जनरामा निर्माण हुन लागेको चलचित्र हो ।चलचित्रमा निशा र गजितको अलवा सरोज खनाल, लय संगौला, सुबास गजुरेल, सुरबीर पण्डित, मनोज श्रेष्ठ, बिरेन डिसी, पुष्प आचार्य, गणेश गिरी ,सुसान्त श्रेष्ठ, प्रतिमा अधिकारी, प्रेम श्रेष्ठ लगायतको अभिनय रहनेछ ।

रेड हाउसको ब्यानरमा निर्माण थालिएको चलचित्र डास्पिनाकी विश्वास (अमित )को लगानी रहनेछ । चलचित्र कस्टिंग निर्देशक रबि अधिकारी रहेका छन् ।
चालिस दिनको छायाँकन तालिका बनाएर चलचित्र फ्लोरमा निस्किएको निर्देशन बिमल पौडेलले बताए ।बिपिन आचार्यको संगीत, कमल राईको नूत्य, लक्ष्मण घिमिरेको छायाँकन रहने चलचित्रमा द्वन्द्व रवि बराली र प्रकाश कर्माचार्यको राखिनेछ ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …