Sunday , August 20 2017

पोष्टमार्टम को कथामा “भूइँमान्छे” ले ल्यायो नयाँ ट्रेलर

पटक पटक रिलिज मिति सरेर भदौ २ मा पुगेको चलचित्र ‘भूइँमान्छे’ले नयाँ ट्रेलर ल्याएको छ । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरियो ।लाससँग खेल्नेमान्छेको कथामा बनेको चलचित्र ‘भूइँमान्छे’मा रमेश वुढाथोकी, सिपोरा गुरुङ, रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय छ । चलचित्रको कथा कलाकार रमेश वुढाथोकीको सेरोफेरोमा घुमेको छ ।

‘भुईमान्छे’को चरित्र चलचित्रमा रमेश बुढाथोकीले निर्बाह गरेका छन् । नवराज वुढाथोकीले निर्देशन गरेको चलचित्रमा निरुपा निरौला र लक्ष्मी थापाको लगानी छ । रोहिणी भट्टराई यसका कार्यकारी निर्माता हुन् । चलचित्रमा भलिबल खेलाडी सिपोरा गुरुङको समेत अभिनय रहेको छ ।सिपोरको एक्सन अवतार रहेको निर्माण पक्षले जनाएको छ ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …