Tuesday , October 17 2017

प्रदिप र अश्लेशा , उस्तै उस्तै छ रियल लाइफ स्टोरी

शुक्रबार बाट प्रर्दशन हुने चलचित्र हो प्रेमगित २ । चलचित्र प्रेमगीत २ चलचित्रलाइ नेपाली सिनेमा बृत्तमा सम्भावना बोकेको चलचित्रको रुपमा हेरिएको छ । सन्तोष सेनको निर्माण रहेको चलचित्र प्रेमगीत २ मा प्रदिप खड्का र अश्लेशा ठकुरी शिर्ष भुमिकामा  प्रस्तुत हुदैछन् ।एउटै चलचित्र प्रेमगीत बाट ह्यूज फ्यान फलोइङ कमाएका नायक प्रदिप खड्का  अश्लेशा संग अनस्क्रिन रोमान्स मा देखिएका छन् । प्रेम , बिछोड, मिलन, द्धन्द समेटिएको प्रेमगीत २ जोडिको रियल लाइफ स्टोरि केहि मिल्दो जुल्दो छ ।

सवैले आफूलाइ चिनुन् भनेर मिडियामा काम गर्न थालेका प्रदिप खड्कालाइ हिरो हुने रहर जागेर आयो । आफ्नै कम्पनी खोलेर उनले ठूलो मान्छे नामको चलचित्र निर्माण गरे तर हिरोको भुमिका निर्बाह गर्नेले डान्स टिचरको भुमिका निर्बाह गर्नु पर्ने अनि आफू बच्चा जस्तै देखिने भए पछि त्यो फिल्ममा निर्माता मात्र बने , हिरो बन्ने धोको पुरा नभए पछि स्केप भन्ने फिल्म बनाए तर फिल्म चलेन ।
दुइ वटा फिल्ममा पैसा डुबाए पछि प्रदिप फ्रस्टेट हुदै अष्ट्रेलिया जाने योजना बनाए तर भुकम्पले गर्दा प्रोपर्टि भ्यालुएसन भनेको समयमा भएन त्यहि समयमा उनि प्रेमगित मा आवद्ध भए । जुन फिल्मले एक साधारण प्रदिप खड्का बाट स्टार प्रदिप खड्का बनाइदियो ।

यस्तै नायीका अश्लेशा ठकुरी मेडिकल स्टुडेन्ट हुन् । लाखौ खर्च गरेर व्याच्लर अफ डेन्टल सर्जरी अध्ययन गरिरहेकि अश्लेशा अचानक दुर्घटनामा परिन् । उनको पेटमा १३ वटा टाँका लगाइयो अनि ६ महिना बेड रेष्ट गर्नु पर्ने भयो । दुर्घटनाले उनको डेन्टल सर्जन हुने लक्ष्य बिचमा रोकियो ।आफ्नो कारणले बुबाको लाखौ रुपैया बालुवामा खन्याए जस्तो लाग्न थाल्यो , उनि फ्रष्टेशनको सिकार भइन् । उनि पनि अष्ट्रेलिया जाने तयारी गरिन् भिसा पनि आयो तर २०७२ को महा भुकम्पले गर्दा उनको अष्ट्रेलिया फ्लाइट केहि समय ढिलो भयो बिस्तारै राहत बाढ्ने काममा लाग्दै गर्दा उनलाइ समाजसेवा तिर रुचि बढ्यो र अष्ट्रेलिया नजाने निर्णय गरिन् । झन् झन् उनि फ्रष्टेसन हुदै गइन । त्यस पछि उनि थिएटर तिर अभिनय सिक्न थालिन् । नाटक गरिन् र बिस्तारै आफूमा परिवर्तन ल्याइन् । थिएटर गर्दै गर्दा उनि आशुषेन फिल्मस् मा पुगेकि अश्लेशा अन्तत प्रेमगीत २ मा आवद्ध भइन् ।

२०७२ बैसाख १२ को भुकम्पले यी दुइ नायक नायीकालाइ बिदेश जान दिएन अहिले उनिहरु एउटै चलचित्रको पर्दामा संगै देखिदैछन् । प्रेमगित ले प्रदिपलाइ स्टाव्लिस गरिदियो अव प्रेमगीत २ ले अश्लेशालाइ स्टाव्लीस गराउला या नगराउला त्यो त अर्को साता पर्खनै पर्छ ।

Check Also

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता …