Sunday , October 22 2017

प्रियंका र दयाहाङको ‘लाल्टिन’ करोड क्रस

अभिनेत्री प्रियंका कार्की र अभिनेता दयाहाङ राइको लाल्टिन बाल्न सफल भएको छ । अर्थात शुक्रबारबाट प्रदर्शनमा आएको दयाहाङ र प्रियंका अभिनित चलचित्र लाल्टिन ब्यवसाहिक रुपमा सफल हुने देखिएको छ ।देबकुमार श्रेष्ठको निर्देशन रहेको चलचित्रले मंगलबारसम्म १ करोड, २० लाख माथिको ब्यवसाय गरेको निर्माण पक्षको दाबी रहेको छ । निर्माता भाुनप्रतावका अनुसार चलचित्रले प्रदर्शनकै दिन अर्थात शुक्रबार उपत्यकामा १५ लाख र मोफसल ९ लाखको कमाई गर्दै ओपनिङ राम्रो सुरुवात गरेको थियो ।

त्यस्तै चलचित्रले शनिबार उपत्यकामा ३८ लाख र आइतबार २० लाखको कमाई र  मोफसलमा शनिबार २२ लाख र आइतबार १३ लाखको कमाई गरेको थियो । सोमबार र मंगलबार पनि यहि हाराहरीको ब्यवसाय गरेको निर्माता भनुको भनाईरहेको छ ।काठमाडौ सहरभित्र हुने अपराधिक क्रियाकलाप र त्यसले निम्त्याएको परिस्थितिलाई चित्रण गरेको ‘लाल्टिन’ दयाहाङ राई, प्रियका कार्की, निर्जन थापा, राज कटुवाल लगायतका कलाकार अभिनित चलचित्र हो ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …