Thursday , January 18 2018

‘प्रेमगीत २’को ट्रेलरलाई २४ घन्टामै तीन लाख बढी दर्शक

चलचित्र ‘प्रेम गीत २’को ट्रेलरले २४ घन्टा नबित्दै तीन लाखभन्दा दर्शक पाएको छ । सोमबार मध्यान्न रिलिज भएको चलचित्रको ट्रेलरमा रोमान्टिक र एक्सन ड्रामा मिश्रण गरिएको छ ।ट्रेलर निकै आकर्षक बनेको छ । त्यसैले पनि ट्रेलरले छिट्टै धेरे दर्शक पाएको हो ।

नेपाल, थाइल्याण्ड र म्यानमारका खिचिएिको चलचित्र आशुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको हो । सन्तोस सेनले निर्माण गरेको चलचित्रका निर्देशक रामशरण पाठक हुन् । हाइलाइट्स नेपालका ओम गुरुङ सहनिर्माता रहेको प्रदीप खड्का र अश्लेषा ठकुरीको मूख्य भुमिका रहेको छ । झन्डै २ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा म्यानमार, नेपालको रारा र थाइल्यान्डका मनोहर दृश्य समेटिएको छ ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …