Thursday , July 27 2017

‘प्रेमगीत २’ का प्रेममाथी हमला

बर्ष २०७४ को बहुप्रतिक्षित चलचित्रमध्येको एक चलचित्र ‘प्रेमगीत २’ को नयाँ गीत सार्वजनिक भएको छ । सागर संसार राईको स्वरमा रहेको गीतमा मनिषा खड्काको शब्द र एलिस कार्कीको संगीत रहेको छ ।४ मिनेट ४२ सकेण्डको उक्त भिडियोमा प्रदीपलाई निकै घायल अवस्थामा देखाईएको छ । बियोगान्त गीतमा चलचित्रका केहि एक्सन सीनहरुलाई पनि समावेश गरिएको छ भने केहि मायाका कुराहरु पनि देखाईएको छ ।

आशुषेन फिल्म्सको प्रस्तुतीमा निर्माण भएको चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका छन् । २०७२ मा प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत’ को सिक्वेलको रुपमा बनेको चलचित्र सन्तोष सेनको लगानीमा निर्माण भएको हो ।चलचित्रमा प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कट्वाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, मुक्त बाबु आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको यसअघि सार्वजनिक भएका गीतहरु र ट्रेलरलाई दर्शकहरुले रुचाएका छन् ।

Check Also

अनमोलको फिल्म ‘कृ’ की अभिनेत्री अदिती बलिउडमा

थोरै नेपाली कलाकार मात्र बलिउडमा जम्न सकेका छन्। यद्यपी बलिउडमा आफुलाई स्थापित गर्न धेरै नेपाली …