Tuesday , October 17 2017

‘प्रेमगीत २’ ट्रेलरमा ‘लाइक’ भन्दा ‘डीसलाइक’ धेरै, – पैसा खर्च गराएर डीसलाइक गरिएको निर्माता सन्तोष सेनको दाबी

साढे ४ लाख भन्दा बढी पटक हेरिएको र नेपालको ट्रेन्डिङको दोश्रो स्थानमा रहेको चलचित्र ‘प्रेमगीत २’को ट्रेलरलाई मन पराउने भन्दा मन नपराउनेको संख्या धेरै देखिएको छ ।यो समाचार तयार पार्दासम्म चलचित्रको ट्रेलरमा १४ हजार बढीले लाइक गरेका छन् भने १६ हजार बढीले डीसलाइक गरेका छन् । राम्रो समिक्षा पाइरहेको यो ट्रेलरमा डीसलाइक धेरै आएपछि यसको निर्माणपक्षले अहिले यसको जवाफ दिइरहेको छ ।निर्माता सन्तोष सेनका अनुसार नेपालीहरु कम बस्ने देशबाट बढी डीसलाइक गरिएको छ । चिलि, कोलम्बो, पेरु लगायतका देशबाट सबैभन्दा धेरै डीसलाइक गरिएको छ । अमेरिकाबाट पनि लाइक भन्दा बढी डीसलाइक गरिएको छ ।

निर्माता सेनले पैसा नै खर्च गरेरे नेपालीहरु कम बस्ने देशबाट डीसलाइक गरिएको दाबी गरेका छन् । उनले आफूहरुले यस बिषयमा अझै अनुसन्धान गरिरहेको पनि बताए ।हुनत, पछिल्लो समयमा नेपाली चलचित्रका ट्रेलर वा गीतलाई पैसा लिएर नै लाइक बढाइदिने वा डीसलाइक बढाइदिने समूह अहिले सक्रिय रहेको चर्चा चल्न थालेको छ ।साउन १३ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । प्रदिप खड्का र अश्लेषा ठकुरी चलचित्रको मुख्य भूमिकामा छन् ।

Check Also

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता …