Thursday , August 17 2017

‘प्रेमगीत २’ ट्रेलर ट्रेन्डिङको पहिलो स्थानमा

गीत होस् या ट्रेलर युट्युवको ट्रेन्डिङ नेपाली चलचित्रको हाइप मापदण्ड बन्दैछ । ट्रेन्डिङको शिर्ष स्थानमा आएको भिडियोलाई दर्शकले रुचाएको भिडियोको रुपमा समेत लिइने गरिएको छ । यस्तै ट्रेन्डिङको पहिलो स्थानमा केही दिन पहिले सार्वजनिक चलचित्र ‘प्रेम गीत २’ ट्रेलर पुग्न सफल भएको छ । बिभिन्न उतार चढाप झेल्दै ट्रेलर यो स्थानमा पुगन सफल भएको हो ।

‘ट्रेन्डिङको पहिलो स्थानमा देखिाचु भनेको दर्शकले हामीलाई रुचाएका हुन्’ निर्माता सन्तोस सेनले भने ‘चलचित्र पनि रुचाउने छन् ।’ निर्माता सेन यस चलचित्रबाट अभिनयमा पनि देखिदैछन् । साउन १३ बाट प्रदर्शनमा आउने चलचित्र गीत संगीतका कारणले पनि चर्चित छ ।
चलचित्रमा  प्रदीप खड्का, अश्लेषा ठकुरी, सन्तोष सेन, कैलाश कट्वाल, राजाराम पौडेल लगायतको अभिनय रहेको छ । रामशरण पाठकले निर्देशन गरेको चलचित्र अन्तिम प्राबिधिक कार्यमा छ ।

Check Also

बन्ने भो ‘पन्चेबाजा’

न्यु भेनस फिल्मको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘पन्चेबाजा’ को बिहिवार कमलादी स्थित गणेश मन्दिरमा नरिवल …