Wednesday , November 22 2017

प्रेमीलाई सताउदै केकी

अभिनेत्री केकी अधिकारी र निराजन प्रधानको रोमान्स रहेको ‘जब देखि..’ बोलको गीत माथी बनेको भिडियो सार्बजनिक भएको छ । गायक राजु मगरको स्वर रहेको गीतको भिडियो रोमान्टिक थिममा तयार गरिएको छ । गीतमा केकी प्रेमीलाई सताउने प्रेमीकाको रुपमा प्रस्तुत भएकी छन् भने निराजन उनलाई फकाउदै माया गर्ने प्रेमी बनेका छन् ।

लामो समय देखि गायनमा रहेका राजुले केही समयको अन्तरालमा यो गीत ल्याएका हुन् । भिम बिसीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा बिशाल भण्डारीले निर्देशन गरेका हुन् । आशिस अविरलको संगीत रहेको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …