Friday , August 18 2017

‘प्रेम गित-२’को टिजर सार्वजनिक

यस वर्षको बहुप्रतिक्षित मानिएको चलचित्र ‘प्रेम गित २’ को ट्रेलर सार्वजनिक गरिएको छ ।रामशरण पाठकको निर्देशन र आशुसेन फिल्म्सको ब्यानरमा बनेको चलचित्र ‘प्रेमगीत’को सिक्वेल ‘प्रेमगीत २’ चलचित्रमा नायक प्रदीप खड्का र नायिका अश्लेषा ठकुरीको अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायत अन्य कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

साउन १३ गतेबाट अल नेपाल प्रदर्शनमा आउने चलचित्र ‘प्रेम गित २’ का नायक प्रदीप खड्का ‘प्रेम’ र ‘प्रेम गित-२’ बाट चलचित्र क्षेत्रमा भर्खरै प्रवेश गरेकी नवनायिका अश्लेषा ठकुरी ‘गीत’ बीचको प्रेमकथा लाई देखाउन खोजिएको छ । चलचित्र प्रेम गित-२ कि गीत अर्थात अश्लेषा लाई पाउन प्रेमले गर्ने संघर्षलाई विशेष ट्रेलरम देखाइएको छ ।

सन्तोष सेनले निर्माण गरेको उत्त चलचित्रमा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ ।नेपालका ‘प्रेम’ र म्यान्मारकी नेपाली यूवती ‘गीत’ बीचको प्रेम र उनीको जीवनमा आउने अनेकौं ‘सुख दुःख’को पाटोलाई पर्दामा उतार्न खोजिएको निर्देशक पाठकले बताएका छन ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …