Wednesday , November 22 2017

फाटेको जुत्तामा प्रियंकाको नयाँ लुक्स

दुई फिल्मको छायांकन एकसाथ गरिरहेकी अहिलेकी सर्वाधिक व्यस्त नायिका हुन प्रियंका कार्की ।उनि केही दिन अगाडि ‘छक्का पन्जा २’ का लागि आफ्नो भागको सिन सकाएर नयाँ फिल्म ‘फाटेको जुत्ता’ का लागि बिरगञ्ज फर्किएकी छिन् ।बिरगञ्जमा छायांकन भैरहेको फिल्म ‘फाटेको जुत्ता’ मा प्रियंका अहिले निकै नै व्यस्त छिन् ।प्रियंका र सौगात मल्लको मुख्य भूमिका छ ।फिल्म ‘फाटेको जुत्ता’ मा प्रियंकाको लुक्स कस्तो होला भन्ने जिज्ञासा तपाईंमा पनि उब्जिरहेको होला ।

हालै मात्र प्रियंकाले इन्स्टाग्राममा आफ्नो एक तश्वीर शेयर गरेकी छिन् । जसमा प्रियंकाको लुक्स विल्कुलै फरक देख्न सकिन्छ ।‘फाटेको जुत्ता’ को सेटमा खिचिएको तश्वीरमा प्रियंकालाई एक साधारण गाउँकी यूवतीको भेषमा देख्न सकिन्छ ।तराई क्षेत्रका साधारण युवतीले लगाउने कुर्था सुरुवालमा देखिएकी प्रियंकाको कपालको स्टाइल भने फरक छ ।कार्तिक महिनाको अन्तिमतिर अल नेपाल रिलिज हुने फिल्मलाई निकेश खड्काले निर्देशन गरेका छन् भने अर्जुन कुमारले निर्माण गरेका हुन् ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …