Thursday , August 17 2017

फेरि अर्को फिल्म

ड्रिम्स हिट हुनासाथ साम्राज्ञीराज्यलक्ष्मी शाहले भनेकी थिइन्, ‘धेरै होइन, राम्रो फिल्म खेल्छु ।’ अनमोल केसीको स्टारडमलाई उछिन्दै आफूलाई ‘मार्क’ गराउन सफल हिरोइनले यस्तो प्रतिबद्धता जनाएपछि फिल्मवृत्तमा चर्चा हुने भइहाल्यो तर रमाइलो कुरा, डेढ वर्ष बित्न नपाउँदै आफ्नो बोली आफैँले काटेकी छन् । कसरी भने उनी अभिनीत तीन फिल्म रिलिज हुन बाँकी छ– तिमीसँग, ए मेरो हजुर २ र मंगलम ।

अझ तिमीसँग र ए मेरो हजुर २ मा त उनको मुख्य भूमिका नै छ । तर, उनलाई नयाँ फिल्म खेल्न हतारो भइसकेको छ । त्यसैले त रिनाशा बान्तवा राईको निर्देशन रहने इन्टु मिन्टु लन्डनमामा अनुबन्ध भइन् । भोलि लगातार फिल्म रिलिज हुँदा आफ्नो क्रेज घट्छ भन्ने हेक्का यी सुन्दरीलाई होला/नहोला ?

Check Also

बन्ने भो ‘पन्चेबाजा’

न्यु भेनस फिल्मको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘पन्चेबाजा’ को बिहिवार कमलादी स्थित गणेश मन्दिरमा नरिवल …