Tuesday , October 24 2017

फ्राइडे फिल्ममा पर्व भर्सेस हिटलर : नम्रतासँग सामियाको टक्कर

फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट एकसाथ दुई नेपाली चलचित्र प्रदर्शनमा आए । ति हुन् ‘पर्व’ र ‘हिटलर’ ।यी दुबै चलचित्र देशभर एकसाथ लागेका छन् । ‘पर्व’ साइको थ्रिलर चलचित्र हो, भने ‘हिटलर’ले प्रेमकथा उठाएको छ ।

‘पर्व’

दिनेश राउतको निर्देशन रहेको चलचित्र हो । चलचित्रको ‘काले दाई काले दाई’ बोलको गीत हिट भइसकेको छ । बुधबार प्रिमिएर गरिएको चलचित्रले प्रिमियरमा सबैबाट सकारात्मक प्रतिक्रिया पाएको थियो ।

टीभी फिल्मी र सुवास इन्टरटेन्मेन्टको ब्यानरमा सुवास गिरी र निकिता पौडेलले मिलेर बनाएको यो चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेविका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।

‘हिटलर’

सौरभ ढकालले निर्देशन गरेको ‘हिटलर’मा सोहित मानन्धर र नव–नायिका सामिया बर्तौलाको मुख्य भूमिका रहेको छ । ए गुरुङ र मेनुका प्रधान समेतको अभिनय रहेको चलचित्र अष्टनारायण पिक्चर्सको निर्माणमा तयार भएको हो । कमेडी र प्रेम कथामा बनेको बताइएको चलचित्रको ट्रेलर र गीत दर्शकले रुचाएका छन् ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …