Sunday , October 22 2017

फ्राइडे मुभी : दर्शकलाई सुशील र बर्षाको ‘कारखाना’

सुशील श्रेष्ठ र बर्षा सिवाकोटी अभिनित चलचित्र ‘कारखाना’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको चलचित्रले सरोगेसीको कथा बिषयको रुपमा उठाएको छ ।पटक पटकको रिलिज मिति सर्दै आएको यो चलचित्र ‘मायाले बोले’ बोलको गीतका कारणले पनि चर्चित छ । यो गीत दर्शकले निकै राचाएका छन् ।


सुदीप खड्का र अमर बज्राचार्यको संयुक्त निर्माण रहेको चलचित्रमा रहेको सुशील र वर्षाको रोमान्स चलचित्रको सबैभन्दा महत्वपूर्ण पाटो रहेको बताइएको छ । ‘पशुपति प्रसाद’पछि राम्रो चलचित्रमा अवसर नपाएकी बर्षाले ‘कारखाना’ले आफ्नो अभिनय करियरमा केही परिवर्तन ल्याउने बताइन् । होष्टल रिटन्स्बाट उदाएका हिरो सुशीलको यो दोस्रो चलचित्र हो । उनको अर्काे चलचित्र ‘सायद २’ पनि यहि ३० गतेबाट प्रदर्शनमा आउँदैछ ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …