Sunday , October 22 2017

फ्लोरमा शिल्पाको ‘वीरङ्गना’

शिल्पा पोखरेल, अनुप विक्रम शाही, पृथ्वीराज प्रसाईं, धिरेन शाक्य, सुनिल दत्त पाण्डे लगायतको मुख्य अभिनय रहने चलचित्र ‘वीरङ्गना’ अहिले छायाँकन भइरहेको छ ।राजबहादुर सानेको लेखन तथा निर्देशन रहने चलचित्रमा अभिनेत्री शिल्पा सशस्त्र प्रहरीको भूमिकामा रहेकी छिन् ।

केही दिन पहिले मुहर्तमा शिल्पा प्रहरी पोशाकमा सहभागी भएकी थिइन् । फोर्थ आई मुभिजको ब्यानरमा बन्ने फिल्ममा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार निर्माताको रुपमा रहने छन् । हरि घले लामाको छायाँकन रहने फिल्म वीरङ्गनामा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत रहने छ । द्धन्द्ध भने श्रीकृष्ण श्रेष्ठले दिनेछन् ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …