Tuesday , November 21 2017

बन्दीपुरमा रेखाको ‘रुद्र प्रिया’, शुभ–साइतमा पुगेनन् आर्यन

अभिनेता आर्यन सिग्देल र अभिनेत्री रेखा थापा सात बर्षपछि संगै देखिन लागेको चलचित्र ‘रुद्र प्रिया’को छायाँकन सुरु भएको छ । तनहुको बन्दीपुर स्थित खड्गादेवी मन्दिरमा पूजा गर्दै चलचित्रको काम सुरु गरिएको निर्माता समेत रहेकी अभिनेत्री रेखाले जानकारी दिइन् ।

शुभ–साइतमा चलचित्रको मुख्य नायक आर्यन सिग्देल भने पुग्न सकेनन् । त्यसैले उनी बिनै चलचित्रको साइत छोपिएको छ । आर्यन मध्यान्ह त्यहाँ पुग्ने बताइएको छ ।

कात्तिक २ गते लक्ष्मी पूजादेखि प्रदर्शनमा ल्याउने उदेश्यले छायाँकन सुरु गरिएको चलचित्र चालिस दिनमा सक्ने लक्ष्य छ । सुदिप भूपाल सिंह बबीको निर्देशनमा बन्न लागेको चलचित्रमा रेखा र आर्यनको मुख्य भूमिका रहेको छ ।रेखा फिल्मस्को प्रस्तुती रहेको फिल्म ‘रुद्र प्रिया’ मा रमेश एमके पौडेलको समेत लगानी रहनेछ ।

सरस्वती थापा निर्माता रहने चलचित्रमा संजय लामाको छायाँकन, सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ ।‘बन्दीपुर पछि पोखरा, काठमाडौं र जिरीमा समेत चलचित्रको छायाँकन हुने निर्मातासमेत रहेकी अभिनेत्री रेखाले बताइन् ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …