Wednesday , November 22 2017

‘बाबु कान्छा’ बाट शम्भुजीतको कमब्याक

लामो समयदेखि चलचित्रको गीत–संगीतबाट टाढा रहँदै आएका संगीतकार शम्भुजीत बास्कोटा चलचित्रमा फर्किएका छन् । निर्देशक शोभित बस्नेतले आफ्नो चलचित्र ‘बाबु कान्छा’ मार्फत शम्भुजीतालाई फर्काएका हुन् ।‘बाबु कान्छा’को एक गीत शम्भुजीतले आफ्नो आवाजमा रेकर्ड गराएका छन् । टंक बुढाथोकीको संगीत रहेको गीत बिहिबार संगीतकारकै स्टुडियोमा रेकर्ड गरिएको हो ।

निर्देशक शोभितले आफ्नो चलचित्रको गीत शम्भुजीतले गाएको खुसी तस्बिर सहित फेसबुक मार्फत शेयर गरेका छन् ।सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘बाबु कान्छा’मा उनका छोरा सलोन बस्नेतको मुख्य भुमिका रहेको छ ।शोभितको यो २९ औ चलचित्र हुनेछ । ७५ देखि ८० लाख लागतमा निर्माण हुने चलचित्रका कार्यकरी निर्माता पत्रकार रबि अधिकारी हुन् । चलचित्र अहिले छायाँकनको अन्तिम चरणमा छ ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …