Monday , August 21 2017

बिर्तामोडमा टुंगियो प्रेमगीत २ को देश दौडाहा

आगामी साउन १३ गतेबाट अल नेपाल रिलिजको तयारी गरिरहेको फिल्म ‘प्रेमगीत २’ले दमौलीदेखि शुरु गरेको फिल्म प्रमोशन अन्तर्गतका देश दौडाहा कन्सर्ट झापाको बिर्तामोडमा पु¥याएर बिसर्जन गरेको छ । झण्डै एकसाता लामो यात्रामा फिल्म युनिट दमौली फुटबल मैदान, पोखरा चिप्लेढुंगा, नेपालगञ्ज, बुटवल, नारायणगढ, हेटौंडा, विराटनगर, दमक, धरान, इटहरी हुँदै बिर्तामोडमा पुगेको हो । अब टोलीले काठमाडौं, ललितपुर र भक्तपुरमा प्रेमगीत गुञ्जाउनेछ ।
‘हामी कन्सर्टमार्फत वास्तविक दर्शकसामु पुग्न चाहन्थ्यौं’ राजधानी फिर्न सुरसार कसेका निर्माता एवं डेब्यु कलाकार सन्तोष सेनले भने, ‘एघार सहरमा हामीले दर्शकको एउटै मन पायौं । दर्शक प्रेमगीतबाट स्तरिय मनोरन्जन चाहन्छन् ।’

यौ दौडाहामा प्रदीप खड्का र अश्लेषा ठकुरीसँग सयौं सेल्फी खिचिए । ‘रियल दर्शकसँग साक्षात्कार गर्न पाएँ’ प्रदीपले सुनाए, ‘फिल्मलाई लिएर उनीहरु भित्रको हुटहुटी फिल गरेँ । यसले ममा थप दायित्वको समेत बोध गराएको छ ।’
अश्लेषा ठकुरीलाई मोफसलको मायाले निकै बाँध्यो । ‘वास्तवमा दर्शकप्रति आभारी छु । मेरा लागि यो जान्ने, सिक्ने र समाज पढ्ने मौका पनि थियो’ डेब्यु गर्लले भनिन् । फिल्मभित्र उनी एक बर्मेली युवतीको भूमिकामा प्रस्तुत भएकी छन् । फिल्म रामशरण पाठकले निर्देशन गरेका हुन् । नेपाल, थाइल्यान्ड र म्यानमारमा फिल्म छायांकन गरिएको छ ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …