Tuesday , November 21 2017

‘ब्ल्याक समर’ ट्रेलर रिलिज

चलचित्र ‘ब्ल्याक समर’को अफिसियल ट्रेलर रिलिज भएको छ ।एलबी सुब्बा निर्देशित रीमा विश्वकर्मा, रितेश चाम्स, अमिशा राई, जेसन लिङदेन, सपना श्रेष्ठ, दीपक गुरुङ लगायतको अभिनय छ । जुन २४ मा पहिलोपटक लन्डनमा रिलिज हुने सिनेमाले अमेरिकादेखि अष्ट्रेलियासम्मको फन्को मार्नेछ ।

चलचित्र बेलायतको ३७ थलोमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । अष्ट्रेलिया, अमेरिका, क्यानडा, दक्षिण कोरिया, हङकङ, बेल्जियम, ब्रुनाई, इजरायल र युएईमा चलचित्र रिलिज हुने जनाइएको छ ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …