Friday , August 18 2017

भदौ ८ मा ‘तिमी सँग’ र भदौ १६ मा ‘ए मेरो हजुर २’ रिलिज ‘साम्राज्ञी’ धरापमा

नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र नव (नायक ) सलिनमान बाँनियाको मुख्य भूमिकमा रहेको चलचित्र ‘ए मेरो हजुर २’ भदौ १६ गतेबाट अल नेपाल प्रदर्शन हुदैछ भने चलचित्र ‘ए मेरो हजुर-२’ को दुइ वटा गीत पनि रिलिज भैसकेका छन् ।चलचित्रकी निर्देशक झरना थापाले भदौ १६ गतेलाई प्रदर्शन मिति तोकेको ३ महिना भन्दा बढी भैसक्यो थियो । तर, केही हप्ता अगाडि मात्र छायांकन सकिएको चलचित्र ‘तिमी सँग’ले अब भदौ ८ गतेलाई प्रदर्शन मिति तोकेको छ ।

चलचित्र ‘तिमि सँग’लाई शिशिर राणाले निर्माण तथा निर्देशन गरेका हुन् । यस अगाडि नै नायिका नीशा अधिकारीले आफू निर्मित चलचित्र ‘झ्यानाकुटी’को प्रदर्शन मिति भदौ ८ गतेलाई तोकिसकेकी थिइन् ।यतिबेला भने चलचित्र ‘तिमि सँग’को ट्रेलर सार्वजनिक भएको छ । जसमा साम्राज्ञीराज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ।

चलचित्र ‘तिमी सँग’का निर्देशक शिशिर राणाले भदौ १६ मा आफ्नो चलचित्र तय गर्दा ३ महिना अगाडि प्रदर्शन मिति तोकिएको र करोड माथिको बजेटमा बनेको चलचित्र ‘ए मेरो हजुर २’लाई असर पर्छ भन्ने चर्चा चलचित्र बृत्तमा सुरु भैसकेको छ ।भदौ ८ गते ‘तिमी सँग’ र भदौ १६ गते ‘ए मेरो हजुर २’ रिलिज हुँदा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको करिअरलाई घाटा लाग्ने र उनको अरिअर नै धक्का लाग्नेमा कुनै सँका छैन ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …