Tuesday , August 22 2017

भिडियोमा रमाउँदै छिन् नीता

अभिनेत्री नीता ढंगानाको अहिले चलचित्र क्षेत्रमा गुमनाम जस्तै छिन् । गतबर्ष प्रदर्शित उनी अभिनित चलचित्र एक पछि अर्काे गर्दै असफल भएपछि उनी केही पछि परेकी हुन् ।‘लेकसाइड’ र ‘निर्भय’बाट राम्रो आस गरेकी नीतालाई यी चलचित्रले पनि खुशीको मुस्कान छर्न सकेन । आफु अभिनित चलचित्र एकपछि अर्काे फ्लप भएपछि उनी अहिले क्रेज बचाउन तिर लागेकी छन् ।नीताले यो बर्ष ‘करोडपती’ अभिनय गरेकी छन् । आर्यन अधिकारीसँग ‘करोडपति’ गरेकी नीताको यस चलचित्रमा बलीउड अभिनेता राजपाल यादवको पनि मुख्य भूमिका रहेको छ ।

राजपालको कारणले पनि यो चलचित्र चल्नेमा उनी ढुक्क छिन् ।अहिले दैनिक जसो म्युजिक भिडियो छायाँकनमा ब्यस्त हुने नीताले केही ब्यवसाहिक बिज्ञापन पनि अभिनय गरिरहेकी छन् । चलचित्रको कमी भएपनि भिडियो र ब्यवसाहिक बिज्ञापनले आफ्नो कमाइ र ब्यस्तता चलचित्र भन्दा कम नभएको उनले बताइन् ।‘महिनामा दुई दर्जन भिडियो पुग्छ होला’ नीताले भनिन् ‘अव भने केही कम गर्छु ।’ अवका दिनमा भिडियोको संख्या भन्दा पनि गुणस्तरमा जोड दिने उनले सुनाइन् ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …