Wednesday , November 22 2017

भुवन र अनमोलबारे टिप्पणी गर्दा अभिनेत्री पूजा विवादमा

सुस्मिताको टिप्पणी– ‘हिजो भर्खर आएको चल्ला चुचु गरेको राम्रो हुन्न’

काठमाडौं । अभिनेत्री पूजा शर्मा बिवादमा मुछिएकी छन् । आफुले निर्माण गरेको चलचित्र म यस्तो गीत गाउछु प्रचारको क्रममा एक अनलाइन मिडियालाई नायक भुवन केसी र अनमोल केसी भाग्यले चलेका हुन् भन्ने अभिब्यक्ति दिएपछि उनी बिवादमा मुछिएकी हुन् ।

समाचार सार्वजनिक भए लगतै भुवन पत्नी तथा अनमोलकी आमा सुस्मिता केसीले आक्रोस् पोखेकी छन् । उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै पुजाप्रति आक्रोस पोखेकी हुन् ।केही दिन अगाडि हेटौडामा आयोजित डि सिने अवार्डमा पुजा र सुस्मिता पटक पटक एक साथ देखिएका थिए । चलचित्र क्षेत्रमा ४० बर्ष बिताइसकेको मान्छेको अगाडि ‘हिजो भर्खर आएको चल्ला चुचु गरेको राम्रो हुन्न’ केसीले आफ्नो स्टाटसमा लेखेकी छन् । केसीले स्टाटस लेखेपछि यो बिषयले चर्चाको रुप लिएको छ । केसीको  गाली सहितको स्टाटसमा निर्देशक सुदर्शन थापालाई समेत गाली गरिएको छ ।


यस बिषयमा सुर्दशनले आफुलाई मुच्छ नहुने बताएका छन् । सुस्मितालाई आफुले अग्रज मान्ने गरेको बताउदै थापाले कुरै नबुझि यसरी गालि गर्नु नराम्रो हुने बताएका छन् । थापाले ‘म यस्तो गीत गाउछु’को ट्रेलर सार्वजनिक भएसँगै केसीले आफुहरुसँग नराम्रो ब्यवहार गर्न थालेको उल्लेख गरेका छन् । सुदर्शन र पुजाले निर्माण गरेको चलचित्र म यस्तो गीत गाउँछु शुक्रबारबाट प्रदर्शनमा आउदैछ । चलचित्रको आज साझ प्रिमिएर समेत राखिएको छ ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …