Monday , August 21 2017

भूवनको नजरमा साम्राज्ञी राज्यलक्ष्मी शाह होइनन् अदिति बुढाथोकी अब को सुपरस्टार

भूवन केसी यतिबेला चलचित्र ‘कृ’ को छायाँकनमा व्यस्त छन् । अनमोल केसी र अदिति बुढाथोकी मुख्य भूमिकामा रहेको चलचित्र “कृ” को छायाँकन यतिबेला धमाधम भैरहेको छ । यहि चलचित्रको लागि भनेर अनमोल निकै लामो समयबाट तयारीमा जुटिरहेका छन् । कतिसम्म भने चलचित्रको लागि उनले तयार परेको लुक्स नबाहिरियोस भनेर उनि निकै लामो समयबाट सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।

यहि चलचित्र मार्फत मोडल अदिति बुढाथोकी नेपाली सिने नगरीमा डेव्यु गर्ने तयारीमा रहेकी छिन्। यहि दौरान अभिनेता भूवन केसीले अदितिलाई साम्राज्ञीपछिको सुपरस्टारको ट्याग भिराइसकेका छन्। साम्राज्ञीलाई पनि भूवनले चलचित्र ड्रिम्स मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए। अहिले साम्राज्ञी नेपालको सर्वाधिक खोजिने अभिनेत्रीमा पर्ने गर्दछिन्। भूवनले सोहि क्षमता अदितिमा पनि देखेको बताएका छन्। अदितिको सुन्दरता र कामले नेपाली चलचित्र क्षेत्रले एउटा राम्रो अभिनेत्री पाउनेमा विश्वस्त रहेको बताए । के नेपाली चलचित्र क्षेत्रमा  साम्राज्ञीले जस्तो ट्याग अदितिको पनि होला तो भने हेर्नु बाकी छ । त्यसकोगी हामीले “कृ”को रिलिज डेट पर्खिनुपर्ने हुन्छ आसा गरु  चलचित्र क्षेत्रमा  अदिति को यात्रा सफल होस् । धेरै-धेरै शुभकामना अदिति

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …